बुटवलको जंगलमा श्रीमान–श्रीमती दुवै मृतावस्थामा फेला

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ स्थित शिवनगर जंगलमा श्रीमान् श्रीमती दुवै मृताअवस्थामा फेला परेका छन् ।

बुटवल ११ स्थित देविनगर बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उहाँकै श्रीमती ५५ वर्षीया कमला श्रेष्ठ मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जंगलमा शव सुकिसकेको अवस्थामा स्थानीयहरुले फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवल प्रमुख ठगबहादुर केसीले घरेदेखि बेपत्ता भएको एक महिनापछि जंगलमा मृताअवस्थामा फेला परेको जानकारी दिनुभयो ।

चैत ६ गते घरबाट हिँडेका श्रेष्ठ दम्पती घर परिवारको सम्पर्कमा नआएपछि आफन्तले खोजतलासको लागि प्रहरीको निवेदन समेत दिएका थिए ।

प्रहरीले शव अगाडि पोइजनका बोतल समेत फेला परेकोले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

Back to top button