अपरान्ह ५ बजेसम्म विराटनगरमा ५१ जनाको उम्मेदवारी दर्ता

विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनको लागि मनोनयन गर्न तोकिएको समयको पहिलो दिन आज अपरान्ह ५ बजेसम्म ५१ जनाको मनोनयन दर्ता भएको छ । बैसाख ३० गते हुने निर्वाचनका लागि आज र भोली मनोनयन गर्ने समय निर्धारण गरिएको छ ।

विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार महानगरको प्रमुखका लागि ३ जनाको उम्मेदवारी परेको छ भने वडाध्यक्षमा १७ र वडा सदस्यमा ३१ जनाले मनोनयन दर्ता गराएका छन् ।

महानगर प्रमुखमा स्वतन्त्र रुपमा उमेश यादव र सक्रिय गौतम तथा जनमत पार्टीबाट अरुण कुमार मण्डलले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभएको छ ।

Back to top button