विराटनगर महानगरको प्रमुखमा उमेश यादवको उम्मेदवारीः चुनाव जित्ने दाबी

विराटनगर । हिजो मात्र जनता समाजवादी पार्टी (जसपा)परित्याग गर्नुभएका नेता उमेश यादवले आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा मनोनयन दर्ता गराउनुभएको छ ।

स्वतन्त्र रुपमा मनोनयन दर्ता गराउनुभएका यादवले चुनाव जित्ने दाबी गर्नुभएको छ । उहाँले संक्षिप्त प्रतिकृया दिँदै भन्नुभयो, ‘जनताले मलाई भोट दिन्छन्, म चुनाव जित्छु ।’

विराटनगरमा गठबन्धन नभई जसपा एक्लै चुनावी मैदानमा जानुपर्ने तर्क गर्दै आउनुभएका नेता यादव विराटनगरमा गठबन्धन कायम भएपछि रुष्ट हुँदै आउनुभएको थियो ।

गठबन्धनपछि पनि विराटनगरको प्रमुख कांग्रेसको भागबण्डामा परेपछि उहाँले हिजो पार्टी परित्याग गर्नुभएको हो ।

Back to top button