प्रचण्डले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

पार्टी कार्यालय पेरिसडाँडामा मध्यान्ह १२ बजे पत्रकार सम्मेलन हुँन लागेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा प्रचण्डले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे आफ्ना भनाइ राख्नुहुनेछ ।

प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गर्नुभएको थियो। माओवादी केन्द्रले स्थानीय चुनावभर प्रत्येक सोमबार पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ।

Back to top button