कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उहाँ कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हो ।

प्रकाशमान उहाँनै हो जसले शेरबहादुर देउवालाई कांग्रेस सभापतिमा निर्वाचित गर्न निर्णायक भूमिका खेल्नुभएको थियो। त्यसको गुन तिर्न सभापति देउवाले प्रकाशमान पत्नी सिर्जनालाई काठमाडौंको मेयरमा टिकट दिएको भन्दै इतर समूह रुष्ट छ।

यस्तै, उहाँले आज दिउँसो शान्तिबाटिकामा भेला भएर उम्मेदवारी दर्ता गराउन जाने काठमाडौंका नेताले जानकारी दिएका छन्।

Back to top button