विराटनगर महानगरपालिकामा कांग्रेसका नागेश कोइरालालाई टिकट

विराटनगर । नेपाली कांग्रेसले विराटनगर महानगरपालिका प्रमुख (मेयर)को टिकट नागेश कोइरालालाई दिएको छ । उहाँ कांग्रेस नेता डा.शेखर कोइराला निकट नेता हुनुहुन्छ ।

यसअघि सभापति शेरबहादुर देउवाले अमृत अर्याल, डा. डिला संग्रौलामध्ये एकलाई उमेदवार बनाउने तयारी गर्नुभएको थियो । दाबेदारका रुपमा रहनुभएका वर्तमान मेयर भीम पराजुली, अर्याल, कोइराला, संग्रौला रहनुभएको थियो ।

ति मध्ये पराजुलीलाई पुन उम्मेदवार बनाउन कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले दवाव दिनुभएको थियो भने डा. शेखर कोइरालाले नागेशलाई टिकट दिन दवाव दिएपछि विवाद बढेको थियो ।

अन्ततः सभापति देउवाले कोइरालालाई नै टिकट दिनुभएको उहाँ निकट नेताले जानकारी गराउनुभएको छ ।

Back to top button