आज नेपाली बजारमा घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिजो सुन तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ ।

हिजो १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ५० रुपैयाँ तोकिएको छ ।

Back to top button