सुनसरीमा कांग्रेसबाट को– को उम्मेदवार ?

विराटनगर । गठबन्धनको तर्फबाट इटहरी उपमहानगरपालिकामा मेयरको उम्मेदवार नेपाली कांग्रेसका नेता हेमकर्ण पौडेल हुनुभएको छ । यस्तै धरान उपमहानगरमा किशोर राईलाई मेयरको उम्मेदवार बनाइएको छ ।

हेमकर्ण पौडेल इटहरी नगर नेपाली कांग्रेसका सभापति हुनुहुन्छ भने किशोर राई सभापतिमा उमेद्वार भइ पराजित हुनुभएको थियो ।

अघिल्लो प्रदेश सभाको निर्वाचनमा सर्वध्वज साँवासँग पराजित हुनुभएका पौडेल तीन कार्यकाल कांग्रेस इटहरीका सभापति रहनुभएको छ ।

बरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिने पौडेल अघिल्लो पटक पनि मेयरको दाबेदार हुनुहुन्थ्यो । फुटबल क्षेत्रबाट राजनीतिमा आउनुभएका किशोर राई भने कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिनुहुन्छ ।

सुनसरीमा कांग्रेसबाट को– को उम्मेदवार ?

इनरुवा नगरपालिका – केदार भण्डारी

रामधुनी नगरपालिका– सुदिप अधिकारी

इटहरी उपमहानगरपालिका – हेम कर्ण पौडेल

धरान उपमहानगरपालिका –किशोर राई

दुहबी नगरपालिका – बेद गच्छदार

बराहा नगरपालिका – रमेश कार्की

Back to top button