हेटौंडामा एमालेबाट मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले उम्मेदवार

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्ले उम्मेदवार हुनुभएको छ ।

आज बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेर उहाँहरुले उम्मेदवारी दिनुभएको हो ।

संविधानसभा सदस्य रहनुभएका पौडेल संविधानसभा सदस्य परिषद् संयोजक पनि हो।

उपमेयरमा उम्मेदवारी दिनुभएकी काफ्ले अखिल नेपाल महिला संघको मकवानपुर जिल्ला अध्यक्ष पनि हो।

Back to top button