पत्नी हत्याको आरोपमा पति पक्राउ

काठमाडौं । पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन्। पत्नी ३० वर्षीय अस्मिता चौधरीको हत्या गरेको आरोपमा सिराहा लहानका ४२ वर्षीय प्रविन चौधरी बुढानिलकण्ठ नगरपालिका–१० कपनबाट गएराति पक्राउ परेका हुन्।

प्रविनले सुतिरहेकी पत्नीको शरिरमा तारपिन तेल खन्याई आगो लगाई घाइते बनाएको अवस्थामा स्थानीयले फेला पारी उपचारको लागि शुष्मा मेमोरियल अस्पताल साँखु पुर्‍याएका थिए। उपचारको क्रममा अस्मिताको मृत्यु भएपछि महानगरीय प्रहरीले प्रविनलाई पक्राउ गरेको हो।

Back to top button