जयपृथ्वीको एमालेबाट मेयरमा सिंह र उपमेयरमा चन्द उम्मेदवार

बझाङ । नेकपा एमालेबाट बझाङको सदरमुकामस्थित जयपृथ्वी नगरपालिकाको मेयरमा सुरत बहादुर सिंह र उपमेयरमा जमुना चन्द उम्मेदवार हुनुभएको छ।

मेयरमा सिंह र उपमेयरमा चन्दले जिल्ला अदालत बझाङमा स्थापना गरिएको मुख्य निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो ।

सदरमुकामस्थित चैनपुर बजारबाट तामझामका साथ मुख्य निर्वाचन कार्यालय पुग्नुभएका दुवैले आज दिउँसो उम्मेदवारी दर्ता गराउनुभएको हो ।

मेयरका उम्मेदवार सिंह नेकपा एमाले जिल्ला कमिटी सह–सचिव र उपमेयरकी उम्मेदवार चन्द नेकपा एमाले जयपृथ्वी नगरकमिटी सह–इन्चार्जसमेत हुनुहुन्छ। यस्तै जयपृथ्वी नगरपालिकाका ११ वटै वडामा एमालेले उम्मेदवारी दर्ता गराएको छ।

Back to top button