भरतपुर माओवादीबाट मेयरमा रेनु दाहाल उम्मेदवार

चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले आज मेयर पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेनु दाहालले यसपटक पनि मेयरमा उम्मेदवारी दिनुभएको हो ।

सत्तारुढ गठबन्धनका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उम्मेदवार भागबण्डाका क्रममा भरतपुरको मेयर माओवादी केन्द्रले पाउने सहमति गरेका थिए।

यद्यपि माओवादी केन्द्रका अध्यक्ष तथा रेनुका बुवा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने आफूलाई भरतपुर नै नचाहिने बताउनुभएको थियो।

आज रेनुले नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको हो ।

Back to top button