आज तोलामा ९ सयले घट्यो सुनको मूल्य

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो १ लाख २ सय रुपैयाँमा कारोबार भएको छाँपावाल सुनको मूल्य आज तोलाको ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ भने चाँदीको मूल्य स्थिर नै छ ।

हिजो १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

Back to top button