प्रदेश १ का १० पालिका प्रमुखमा एमालेका महिला उम्मेदवार

विराटनगर । नेकपा एमालेले प्रदेश १ विभिन्न १० पालिकाको प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको छ । गाउँपालिकादेखि उपमहानगरसम्मको नेतृत्व गर्ने अवसर महिलाका लागि प्रदान गरिएको हो ।

सुनसरीको धरान उपमहानगरको प्रमुख पदका लागि मञ्जु भण्डारीलाई उम्मेदवार बनाएको एमालेले सिद्धिचरण नगरपालिकामा इच्छा कुमारि गुरुङ, दमक नगरपालिकामा गिता अधिकारी र बिर्तामोड नगरपालिकामा पबित्रा महतारालाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।

यस्तै बुद्ध शान्ति गाउँपालिकामा मिरा भुर्तेल, कचन कवल गाउँपालिकामा दुर्गादेवी नेपाल अध्यक्ष पदको उम्मेदवार बन्नुभएको छ भने मोरङको कानेपोखरी गाउँपालिकामा राजमति इङ्नाम र मोरङको जहदाको अध्यक्ष –उपाध्यक्ष दुबै पदमा महिलालाई उम्मेदवार बनाएको छ । जहदामा यसोदा गिरी अध्यक्ष र अनिता सोरेन उपाध्यक्षको उम्मेदवार बन्नुभएको हो ।

यसैगरि बराह पोखरि गाउँपालिका अध्यक्षको उम्मेदवार गोमा मगर र खोटेहाङ गाउँपालिका अध्यक्षको उम्मेदवार कबिता राइलाई बनाइएको छ ।

नेकपा एमालेले महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै प्रदेशका १० स्थानीय तहको प्रमुख पदको उम्मेदवार बनाएको जानकारी दिँदै एमालेका प्रदेश १ का ईन्चार्ज देवराज घिमिरेले मुलुकको समग्र हितका लागि एमालेको नेतृत्वमा नै सरकार बन्नुपर्ने बताउनुभयो ।

Back to top button