स्थानीय तह निर्वाचनका लागि १ लाख ४१ हजार भन्दा बढीको उम्मेदवारी

काठमाडौं । बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभरबाट १ लाख ४१ हजार जना भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार विभिन्न पदमा १ लाख ४१ हजार ४ सय ६८ जनाले मनोनयन दर्ता गराएका हुन् ।

महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा ३ हजार ३ सय १८, नगर उपप्रमुखमा २ हजार ३६ जनाको उम्मेदवारी परेको छ भने गाउँपालिकाको अध्यक्षमा ३ हजार ३ सय ६ जना र उपाध्यक्षमा २ हजार ३ सय ४३ जनाको उम्मेदवारी परेको छ ।

यस्तै वडाअध्यक्षमा ३३ हजार १ सय ११, महिला सदस्यमा २४ हजार २ सय ८३, दलित महिला सदस्यमा २१ हजार ९ सय ७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको आयोगले दिएको छ ।

Back to top button