कांग्रेस नेता मल्लिकको घरमा आगलागी

काठमाडौं । नेपाली कांग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ।

सर्लाहीको मलङ्गवा नगरपालिका–१० स्थित उहाँको घरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो।

उहाँका अनुसार बिहान करिब ५ बजेतिर आगलागी भएको थियो। आगलागीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर १५ लाख मूल्य बराबरको क्षति भएको उहाँले बताउनुभयो।

आगो प्रहरी तथा स्थानीयको सहयोगमा करिब १ घण्टाभित्रै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विद्युत चुहावट हुँदा घरमा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पनि सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता बुढाथोकिले बताउनुभयो।

घरमा सुतिरहेको समयमा आगलागी हुँदा ठूलो क्षति हुन पुगेको प्रहरीले जनाएको छ। यद्यपि मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ।

Back to top button