पूर्वसचिव न्यौपाने आज राप्रपा प्रवेश

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने आज राप्रपामा प्रवेश गर्नुभएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सदस्यता प्रदान गरि न्यौपानेलाई पार्टीमा प्रवेश गराउनुभएको हो ।

पार्टी प्रवेश कार्यक्रममा राप्रपाका पूर्व अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, नेताहरु दिपक बोहरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर लगायतका नेताहरुको उपस्थिति थियो।

Back to top button