पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण, १८ जना मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार २ सय २६ जनामा कोरोना परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट मुक्त हुनेको संख्या १८ रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर संक्रिय संक्रमितको संख्या २ सय ६१ रहेको छ।

यो अवधिमा कोरोना विरुद्धको खोप ८६ हजार १ सय ३६ जनाले लगाएका छन्। हालसम्म कोरोनामुक्त हुनेको संख्या ९ लाख ६६ हजार ५ सय ५८ पुगेको छ। नेपालमा कोरोना निको हुने दर ९८.८ प्रतिशत रहेको छ।

Back to top button