सरकारले स्वदेश भित्राउन १० प्रकारका सामग्रीमा लगायो रोक

काठमाडौं । सरकारले १० प्रकारका सामग्रीहरू स्वदेश भित्र्याउन रोक लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीमा रोक लगाएको हो।

उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको हो।

रोक लगाइएका सामग्रीहरू

१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु

२. सबै प्रकारका मदिरा

३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक)

४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)

५. मोबाइल सेट

६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)

७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौना

१०. खेल्ने तास

यस्तै, मन्त्रालयले कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैँ पैठारी गर्न पाउने बताएको छ। त्यसैगरी बैशाख १३ भन्दा अगाडि बैकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा लागू हुनेछैन।

notice

Back to top button