मोटरसाइकल चोरी गर्ने एक जाना पक्राउ

काठमाडौं । मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाइकलसहित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पक्राउ गरेको छ । मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा–५ घर भई हाल काठमाण्डौं बस्ने २६ वर्षीय सुदास लामालाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

लामालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिनुभयो।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाण्डौ तार्केश्वर नगरपालिका–५ लोलाङ हाइट स्थित सडकखण्डबाट मोटरसाइकल चलाइरहेको अवस्थामा लामालाई पक्राउ गरेको हो।

उक्त पक्राउ भएको मोटरसाइकल ललितपुर गोदावरी नगरपालिका वडा–८ डुकुछाप बस्ने नवराज घिमिरेले निजको घरबाट हराएको यस कार्यालयमा निवेदन दिनुभएको थियो।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागि प्रहरी परिसर जावलाखेलमा पठाएको महाशाखाले जनाएको छ।

Back to top button