मन्त्री झाँक्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टिकरण

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार–संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा स्पष्टीकरण सोधेको आयोग स्रोतले बताएको छ ।

आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन, तर स्रोतका अुनसार झाँक्री निर्वाचन आयोगलाई जानकारी पनि नदिई भ्रमणमा जानुभएको देखियो ।

मन्त्री झाँक्रीको विषयमा उजुरी परेपछि आयोगले अध्ययन गरेको थियो । प्रारम्भिक अनुसन्धानमा उनी विदेश भ्रमणमा गएको पुष्टी भएपछि स्पष्टीकरण सोधेको आयोग स्रोतको भनाइ छ ।

मन्त्री झाँक्रीले आयोगले पठाएको स्पष्टीकरणको जवाफ दिनुभएको छ । यद्यपी यस बिषयमा आयोगले जानकारी दिएको छैन ।

Back to top button