एकीकृत समाजवादीका जिल्ला अध्यक्षसहित नेताहरुद्धारा पार्टी परित्याग

काठमाडौं । एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधरकुमार पोखरेलसहित केही जिल्ला सचिवालय सदस्यहरुले पार्टी परित्याग गर्नुभएको छ ।

हेटौंडामा आज एक पत्रकार सम्मलेन गर्दै पोखरेल, जिल्ला सचिवालय सदस्य देवेन्द्र कोइराला, उत्तम शर्मा, विरेन्द्र जिसी र गोपालबहादुर स्याङ्त्यानले पार्टी परित्याग गरेको जानकारी दिनुभएको हो ।

उहाँहरुले पत्रकार सम्मेलनमा गठबन्धनका नाममा भइरहेका गतिविधिले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको बताउनुभएको छ ।

८ महिना अघि एमालेबाट गरिएको विद्रोह कसैको कुण्ठा र केही व्यक्तिको छिट्टै अवसर प्राप्तिको महत्वाकांक्षा र पद प्राप्तिको चरम इच्छा र सोच मात्र रहेको उहाँहरुको आरोप छ ।

निर्वाचनपछि देशभर पार्टी कमजोर हुने र नेपालको कम्युनिस्ट आन्दोलनसमेत क्षतविक्षत हुने ठहरका साथ पार्टी परित्याग गरेको उहाँहरुले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ।

 

Back to top button