थप ११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन्।

आज १७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २ सय ५२ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ४ हजार १ सय १९ पीसीआर तथा १ हजार ७ सय ७२ एन्टिजेन परीक्षण भएको छ।

Back to top button