ओलीलाई बालकोटमै गएर ट्युसन पढाउँछु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घोषणा पत्रमार्फत् नेकपा नेतृत्व सरकारको आलोचना गरेपछि केपी शर्मा ओली सन्केर पागल भनेको बताउनुभएको छ ।

स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरुको भूमिका विषयक कार्यक्रममा बोल्दै उहाँले घोषणा पत्रमा सत्य तथ्य कुरा लेखेको बताउनुभयो।

‘उहाँ (केपी शर्मा ओली)को झुटलाई ठीक हो भन्ने कुरा भएन। बुढा बा धेरै सनक्क सन्किँदा शरीरलाई कहिलेकाहीँ अफ्ठ्यारो पर्न सक्छ, मैले केपी ओलीले मुख छाड्ने कुरा नयाँ भएन भने। जसको मुखमा अंगार छ, उसले ओकल्ने कालै हो’,उहाँले भन्नुभयो । उहाँले ओली सन्केको बेला पागल भन्ने गरेको टिप्पणी गर्नुभयो।

उहाँले फुर्सद भएको बेला बलाकोटमै पुगेर ओलीको ट्युसन लिने बताउनुभयो। ‘उहाँले मलाई चोर्‍यो चोर्‍यो भन्नुहुन्छ। हिजो पनि चोर्‍यो भन्नुभयो। अहिले चुनावको बेला छ। उहाँलाई पनि फुर्सद छैन, मलाई पनि फुर्सद छैन। उहाँ अध्यक्ष, म महामन्त्री। अलिकति भ्याएको बेला बालकोटै गएर ट्युसन पढाउँछु’ उहाँले भन्नुभयो, ‘ट्युसन पढाउनैपर्ने भाछ। मेरो समृद्धको कुरा चोर्देला चोर्देला भनेर नबस्नुस्। तपाईँको आइडिया तपाइसँगै राख्नुस। न मलाई चोर्नुछ, न कांग्रेसको साथीलाई चोर्नुछ। समृद्धि तपाईँकै आइडिया हो।’

Back to top button