विराटनगर महानगरका मेयर पराजुलीद्धारा राजिनामा

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिनुभएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका पराजुलीले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउनका लागि सक्रिय सहभागी हुनुपर्ने भन्दै मेयर पदबाट राजीनामा दिएको बताउनुभएको छ ।

‘म नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुँ । आसन्न निर्वाचनमा पार्टीको प्रचार प्रसार तथा निर्वाचन सम्बन्धी विविध गतिविधिमा सहभागी हुनुपर्ने भएकोले वर्तमान अवस्थामा बहाल रहेको प्रमुखको पदमा बसिरहन नैतिकताको आधारमा उपयुक्त नदेखिएकोले १४ वैशाखदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको छु ’ राजिनामा पत्रमा लेखिएको छ ।

Back to top button