मोरङमा एमालेको ३ हजार १ सय १ सदस्सीय निर्वाचन परिचालन कमिटी

विराटनगर । नेकपा एमाले मोरङले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ३ हजार १ सय १ सदस्सीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

एमाले जिल्ला अध्यक्ष ऋषिकेश पोखरलेको अध्यक्षतामा मोरङमा रहने प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु, पालिका कमिटी पदाधिकारीहरु र जनसंगठनका जिल्ला र त्यसभन्दा माथिका नेताहरु रहने गरि निर्वाचन परिचालन कमिटी निर्माण गरिएको छ ।

यस्तै एमाले मोरङले सबै पालिका स्तरमा पालिका संयन्त्रलाई आधार बनाएर पालिका स्तरका जनसंगठनलाई समेत समावेश गर्दै निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन स्वयम् सेवक, वुथ प्रतिनिधि र उमेदवार प्रतिनिधिहरुको नामावली तयार गरि प्रशिक्षित गर्ने लगायतका निर्णय गरेको छ ।

Back to top button