गायक खरेल चढेको गाडी दुर्घटना

काठमाडौं । गायक प्रमोद खरेल चढेको गाडी दुर्घटनामा परेको छ। गएराति एक बजेतिर नेपालगञ्जबाट दाङको तुलसीपुर जाने क्रममा गाडी दुर्घटनामा परेको हो।

खरेलले आज बिहान आफ्नो सामाजिक सञ्जाल मार्फत दुर्घटनाको जानकारी दिनुभएको हो । उहाँ एक कार्यक्रमको लागि दाङ जाँदै हुनुहुन्थ्यो। दुर्घटनापछि दाङ अस्पतालमा उपचारपछि फेरि फर्किएर मनमोहन कार्डियो टिचिङ हस्पिटलमा उपचार गरिएको छ।

दुर्घटनामा बाहिर केही चोट पटक लागेको भए पनि भित्री चोट भने नलागेको खरेलले जनाउनुभएको छ । अबको केही दिन सबै काम स्थगित गरेर आराम गर्ने पनि उहाँले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार गाडीमा रहेको एअर ब्याग र सिट बेल्टले उहाँको ज्यान बचाएको छ। उहाँसँगै रहनुभएका आयोजक दलका दुई जना पनि उपचाररत छन्।

Back to top button