रुसपछि युक्रेनमा संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेस युक्रेन पुग्नुभएको छ । उहाँले सो कुरा ट्वीट मार्फत् जानकारी दिनुभएको हो । उहाँले ट्वीटमा लेख्नुभएको छ, म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु।

उहाँले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनुहुनेछ ।

राष्ट्रसंघीय महासचिव गुटर्रेस युक्रेनमा रहँदा यहाँका द्धन्द्धग्रस्त क्षेत्रहरुको भ्रमण गरी यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने बताउनुभएको छ । उहाँले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि उल्लेख गर्नुभएको छ ।

महासचिव गुटर्रेसले रुस भ्रमणका क्रममा युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताउनुभएको थियो।

Back to top button