गठबन्धनबीच साझा उम्मेदवार बनाउने प्रयास जारी छ : नेपाल

काठमाडौं । गठबन्धन दलबीच साझा उम्मेदवार बनाउने प्रयास जारी रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताउनुभएको छ।

आइतबार र सोमबार भएको मनोनयन फिर्ता लिने समय शुक्रबारसम्म भएको अवस्थामा गठबन्धनका साझा उम्मेदवार नभएका ठाउँमा कार्यदल र शीर्ष नेताहरु बसेर प्रयास भइरहेको जानकारी दिनुभएको हो ।

पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नभयो, ‘सकेसम्म देशभर सबै स्थानीय तहमा साझा उम्मेदवार बनाउने कोसिस गरिरहेका छौँ। त्यसका लागि कार्यदल र शीर्ष तहको छलफलको समय तोकिएको छ। भोलिसम्म धेरै ठाउँमा सहमति हुन्छ, नभएका ठाउँमा स्वच्छ प्रतिस्पर्धा हुन्छ।’

वैशाख ३० गते हुने चुनावमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच गठबन्धन गर्ने निर्णय भए पनि अधिकांश ठाउँमा सफल हुन सकेको छैन।

Back to top button