हाइटीमा झडपका कारण कम्तिमा २० जनाको मृत्यु, हजारौं विस्थापित

हाइटीको राजधानी शहर पोर्ट–ओ–प्रिन्समा भएको दङ्गा भीडन्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको छ भने हजारौं विस्थापित भएका छन्। आइतबार बिहान मावोजो र चेन मेकानका गिरोहहरूबीच भएको शक्तिशाली झडपले जनतामा त्रास पैदा गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

परिणामस्वरूप ससाना बच्चा भएका परिवारहरू सहित हजारौं मानिस विस्थापित भएका छन्। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अप्रिल २४–२६ सम्म कम्तिमा २० सर्वसाधारण मारिएका छन्।

झण्डै १० घर जलेको र क्षेत्रीय उद्यम, पसल र विद्यालय बन्द भएका छन्। यसैबीच आगामी दिनमा झडप अझै चर्काउने चेतावनी ती गिरोहले दिएका छन्।

Back to top button