थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन्।

आज १८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २ सय ४९ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ४ हजार ८ सय ८२ पीसीआर तथा ९ सय ९३ एन्टिजेन परीक्षण भएको छ।

 

Back to top button