ट्राफिक जरिवाना अब क्युआर कोर्डमार्फत तिर्न सकिने

काठमाडौं । उपत्यकामा ट्राफिक जरिवना अब ‘क्यूआर कोड’ मार्फत तिर्न सकिने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्नेहरूका लागि ‘क्यूआर स्क्यान पे फाइन एण्ड विथ्ड डकुमेन्ट’ सुविधा शुरु गरेको हो।

हिजो कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र कुमारी बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले आरम्भ गर्नुभयो।

सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक पुग्न वा नगद बोकेर घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताउनुभयो। ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, हुने उहाँको भनाइ छ।

कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख ताम्राकारले यो व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको बताउनुभयो।

Back to top button