बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उमेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने बताएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्ति जारी गरी यस्तो जानकारी दिनुभएको हो ।

उहाँले आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे–गराएको भए निर्वाचन आयोगमा गएर फिर्ता लिँदै आधिकारिक उम्मेदवारलाई विजयी गराउनका लागि सक्रिय भूमिका निर्वाह गर्न पनि अनुरोध गर्नुभएको छ ।

तोकिएको समयमा उम्मेदवारी फिर्ता नगरिए विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टी सदस्यतासमेत नरहने गरी निष्कासन गर्ने चेतावनी पनि मुख्य सचिव पौडेलले दिनुभयो ।

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले पनि विद्रोही उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन यसअघि अपिल गर्नुभएको थियो।

Back to top button