बढ्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा १ हजार दुई सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो।

आज तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ भने चाँदीको मूल्य स्थिर छ । हिजो १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि १ हजार ३ सय २० रुपैयाँमा निर्धारण भएको छ।

Back to top button