पाकिस्तानी प्रधानमन्त्री शरिफ साउदी भ्रमणमा

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ ३ दिने भ्रमणका लागि साउदी अरेबिया पुग्नुभएको छ। प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि प्रधानमन्त्री शरिफको यो पहिलो विदेश भ्रमण हो।

हिजो उहाँको भ्रमणको पहिलो दिन थियो। मदिना मुनावरामा पुग्नुभएका प्रधानमन्त्रीलाई गभर्नर राजकुमार फैसल बिन सलमान र उहाँका उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो।

पाकिस्तानी मिडियाले प्रधानमन्त्री सरिफसँगै उहाँको मन्त्रिपरिषदका धेरै महत्त्वपूर्ण मन्त्री पनि साथमा भएको बताएका छन्।

भ्रमणको पहिलो दिन प्रधानमन्त्री शरिफले मदिनाका गभर्नर फैसल बिन अब्दुल अजिजसँग साउदी–पाकिस्तान सम्बन्धका विषयमा भेटवार्ता गर्नुभएको थियो।

भ्रमणका क्रममा प्रधानमन्त्री शरिफले साउदी नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । यससँगै पाकिस्तानले साउदी अरबमा पाकिस्तानी नागरिकका लागि राम्रो विकल्प बढाउने प्रयासमा पनि जोड दिनेछ। यसका साथै दुई देशबीच अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा पनि छलफल हुन सक्ने बताइएको छ।

Back to top button