मकवानपुर जिल्लाका नेकपा एस अध्यक्ष पोखरेल एमाले प्रवेश

हेटौंडा । नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्षबाट राजीनामा दिएको भोलिपल्ट नै श्रीधर पोखरेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा एमाले विभाजन भएपछि पोखरेल समाजवादीतर्फ लाग्नुभएको थियो । उहाँ फेरि एमालेमा पर्किनुभएको हो ।

उहाँलाई हिजो काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको थियो । निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै बुधबार उहाँ सहित सचिवालय सदस्यले समेत पार्टी परित्याग गरेको घोषणा गर्नुभएको थियो ।

नेकपा एसबाट उहाँ हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस हुनुभएको थियो। उहाँले राजीनामा दिएपछि नेकपा एसको मकवानपुर अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन हुनुभएको छ ।

Back to top button