खैरो हेरोइनसहित एक युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका–३ तिलकपुरबाट प्रहरीले खैरो हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २९ वर्षीय टिकेन्द्र चौधरी रहेका छन् ।

उनको साथबाट करिब २ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनको घर तलासी गर्दा सो लागुऔषध फेला परेको थियो ।

Back to top button