बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक माओवादी नेता पक्राउ

रसुवा । बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा माओवादीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ।

हिजो साँझ ५ बजे बालिकामाथि करणी गरेको आरोपमा कालिका गाउँपालिका–३ धारापानीका ३५ वर्षीय गणेश बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडितका बाबुले आज जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका विक पक्राउ पर्नुभएको हो ।

विक पूर्ब कार्यपालिका सदस्य, वाइसियलका जिल्ला इञ्चार्जसमेत हो ।

स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिँड्नुभएका माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य विकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीका आधारमा प्रहरीले विकलाई पक्राउ गरेको हो ।

विकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थानका सइ काशीराम बुढाले बताउनुभयो । आज बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

Back to top button