विराटनगर–२ लाई डुवानमुक्त र सुन्दर वडा बनाउनु छ : वडाअध्यक्षका उम्मेदवार पोखरेल (भिडियोसहित)

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर– २ को अध्यक्षका लागि उम्मेदवारी दिनुभएका कुमार पोखरेलले अबको पाँचबर्षमा आफ्नो वडालाई डुवानमुक्त र सुन्दर वडा बनाउनुपर्ने बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचनको सन्दर्भमा गरिएको भिडियो वार्तामा उहाँले यसअघि अपूरा रहेका योजना पूरा गर्दै वडालाई डुवान मुक्त बनाइने बताउनुभयो ।

यस्तै उहाँले वडाको सौन्दर्यकरण गर्ने, चोकचोकमा सीसीटिभी जडान गर्ने बताउनुभएको छ । यसअघि पनि वडाअध्यक्ष रहनुभएका पोखरेलले गएको ५ वर्षमा बाढीको पिडा र कोरोनाको महामारीका कारण अपेक्षाकृत काम गर्न नपाएको बताउनुभयो ।

उहाँले यद्यपि अन्यत्रको तुलनामा उल्लेख्य काम गरेको दाबी गर्दै उहाँले कुनै वडाबासीले काम नभई फर्किने अवस्था नआएको बताउनुभयो ।

हेरौं उहाँसँग गरिएको संक्षिप्त कुराकानी

स्रोत, नेकपा एमाले मोरङ प्रचार विभाग

Back to top button