केराबारीको वडा सदस्यको उम्मेदवार लिम्बुको मृत्यु

विराटनगर । मोरङको केराबारी गाउँपालिकामा वडा सदस्य पदमा उम्मेदवारी दिनुभएका नविन लिम्बुको मृत्यु भएको छ । नेपाली कांग्रेसबाट केराबारी गाउँपालिका– २ नम्बरका वडामा सदस्य पदमा उम्मेदवारी दिनुभएका लिम्बुको आज मृत्यु भएको हो ।

विहान अचानक बेहोस भएर ढल्नुभएका लिम्बुको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको गाउँपालिकाका निवर्तमान अध्यक्ष रोहितबहादुर कार्कीले जानकारी दिनुभयो ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बेलुका सुतेको व्यक्ति बिहान अचेत भेटिएपछि उपचारका लागि लैजाने क्रममा मृत्यु भएको सूचना आएपछि थप अनुसन्धान भईरहेको बताउनुभएको छ ।

Back to top button