बुढीगंगामा ३७ पदका लागि २ सय ६ जना उम्मेदवार

विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङको बुढीगंगामा ३७ पदका लागि २ सय ६ जनाको उम्मेदवारी दर्ता गरेका छन् । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका लागि १० र उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको हो ।

अध्यक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टीलगायत ९ राजनीतिक दल र १ स्वतन्त्र गरी १० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै बलभद्र सरदार थारु नेपाल कम्युनिष्ट पार्टी (एमाले) , जित नारायण थापा मगर नेपाल कांग्रेस, ईश्वरी प्रसाद आचार्य नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), उमा लाल यादव जनता समाजवादी पार्टी नेपाल, मातृका पौडेल राष्ट्रिय प्रजातान्त्रिक पार्टी, सुरेन्द्र प्रसाद सापकोटा नेपाल मजदुर किसान पार्टी, श्याम सुन्दर थन्दार नेपाली कांग्रेस (बी.पी.), पतालु कुमार खवास जनमत पार्टी, वावुलाल पासवान नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी र नवराज घिमिरे स्वतन्त्रबाट गरि जम्मा बुढीगंगामा अध्यक्ष पदमा मात्रै १० जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी उपाध्यक्षमा तुलसी कुमारी कुँवर नेपाल कम्युनिष्ट पार्टी (एमाले), अमृता कुमारी गच्छदार नेपाली कांग्रेस, कुसुमकुमारी सरदार जनता समाजवादी पार्टी, माधव काजी घिमिरे नेपाल कम्युनिष्ट पार्टी( एकिकृत समाजवादी), डोमीकुमारी खड्का राष्ट्रिय प्रजातान्त्रिक पार्टी, मजनीकुमारी मुसहर जनमत पार्टी, रोमा बस्नेतले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ ।

बुढीगंगा गाउँपालिकामा ४९ जनाले वडाध्यक्षमा, महिला वडा सदस्यमा ३४ जना, दलित महिला सदस्यमा ३३ जना र सदस्यमा ७३ जना गरि जम्मा बुढीगंगामा २ सय ६ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा मोरङले जनाएको छ ।

Back to top button