पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन्।

आज १९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २ सय ४३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा १ हजार ७ सय ७८ पीसीआर तथा ९ सय ९३ एन्टिजेन परीक्षण भएको छ।

Back to top button