कांग्रेसका विमल कार्कीको पोखरामा बागी उम्मेदवारी कायमै

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका तीन जनामध्ये एक जनाले उम्मेदवारी कायम राखेका छन् ।

बागी उम्मेदवारी दिनुभएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिएपनि विमल कार्कीले उम्मेदवारी कायम राख्नुभएको हो । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय आज अपरान्ह ५ बजेसम्मको लागि तोकेको थियो ।

अहिले पोखरा महानगरपालिकाको निर्वाचन कार्यालयले दावी विरोध फिर्ता लिने समय सकिएको भन्दै मुख्य गेट बन्द गरिसकेको छ । तर ५ बजेसम्म कार्की उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतको कार्यालयमा आउनुभएको छैन ।

सापकोटा र तिवारीले भने आफूहरुले गठबन्धनको विरुद्धमा उम्मेदवारी दिए पनि अन्तिममा पार्टी अनुशासन मानेर उम्मेदवारी फिर्ता लिएको बताउनुभएको छ ।

Back to top button