माओवादीका वडाअध्यक्षका उम्मेदवार एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रको तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बन्नुभएका रामशरण डंगोल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उ

उम्मेदवारी फिर्ता लिँदै डंगोल एमालेमा प्रवेश गर्नुभएको हो । उहाँलाई एमालेका मेयर उम्मेदवार केशव स्थापितले पार्टीमा प्रवेश गराउनुभएको छ ।

एमाले प्रवेश गरेसँगै उहाँले विज्ञप्तिमार्फत माओवादीले गठबन्धनका नाममा उम्मेदवार चयनमा नातावाद, कृपावादलाई मात्रै प्राथमिकता दिएको आरोप लगाउनुभएको छ । गठबन्धनका नाममा कांग्रेसलाई वडाध्यक्ष दिइएपछि उहाँले राजीनामा दिएको बताउनुभएको छ ।

‘मैले आज मेरो वडाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले)को तर्फबाट उम्मेदवार बन्नुभएका कमरेड ध्रुवनारायण मानन्धरलाई समर्थन गर्ने गरी नेकपा माओवादी केन्द्रका सबै जिम्मेवारीबाट अलग भई नेकपा (एमाले) प्रवेश गरेको जानकारी गराउँछु’ उहाँले विज्ञप्तिमा लेख्नुभएको छ ।

आफु २०४३ सालदेखि निरन्तर वामपन्थी आन्दोलनमा सक्रिय रहँदै आएको र वामपन्थी आन्दोलनबाट नै मुलुक समृद्ध बनाउन सकिन्छ भन्ने विश्वास लिएको ब्यक्ति भन्दै उहाँले जीवनका ऊर्जाशील समय वामपन्थी आन्दोलनमै बिताएको उल्लेख गर्नुभएको छ ।

Back to top button