प्रदेश–१ सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न

विराटनगर । प्रदेश– १ सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले केही बाधाअड्काउ फुकाउनेलगायतका निर्णयहरू गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा किशोरी सशक्तिकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत गरेको छ ।

प्रदेश नं. १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार बाधा अड्काउ फुकाउने निर्णयपछि सम्बन्धित मन्त्रालयका मन्त्रीलाई लगानी प्राधिकरणको सदस्य बन्ने बाटो खुलेको छ ।

यसैगरी किशोरी सशक्तिकरण कार्यक्रम निर्देशिका, २०७९ जारी पछि विद्यालयलक्षित किशोरी सशक्तिकरण कार्यक्रम अघि बढ्ने मन्त्री घिमिरेले बताउनुभएको छ ।

Back to top button