कपिलबस्तुको बुद्धभूमी ८ का वडाअध्यक्षका उम्मेदवारको निधन

बुटवल । कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्षका उम्मेदवारको निधन भएको छ । मुटुमा समस्या देखिए पछि उपचारका लागि भारतको लखनऊ लगिएका ओमप्रकाश तिवारीको मृत्यु भएको हो ।

उहाँ नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएको थियो । ४१ वर्षीय तिवारीका एक श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ । बुद्धभूमी ८ मा तिवारी सँगै नेपाली काँग्रेस, लोसपा, राप्रपा, नेकपा माओबादी केन्द्र र नेपाली कांग्रेस बिपीका गरी ६ जना अध्यक्षका उम्मेदवार छन् ।

तिवारीको मृत्यु भएकोबारे बुद्धभुमि नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले पत्राचार गरी जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुलाई जानकारी गराएको छ ।

मतदान अघि नै उम्मेदवारको मृत्यु भए पुनः मनोनयन देखिको कार्यक्रम सुरु भई तोकिएको मितिमा निर्वाचन हुने जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पन्थीले जानकारी दिनुभएको छ ।

Back to top button