ललितपुर–११ मा एमालेकी दलित महिला सदस्यकी उम्मेदवार निर्विरोध

ललितपुर । स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका– ११ को दलित महिला सदस्यमा एमालेकी सुचिना परियार निर्विरोध हुनुभएको छ ।

सो वडामा वडाध्यक्ष पदका लागि भने इन्द्रमान महर्जन तथा महिला सदस्यमा आपुलु महर्जन र खुला सदस्यमा कृष्ण महर्जन र निरोज खड्गीले उम्मेदवारी दिनुभएको छ ।

एमालेको तर्फबाट खाता खोलेपछि मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार र उपमेयरका उम्मेदवार मञ्जली शाक्यले खुसी व्यक्त गर्नुभएको छ।  संविधानले एक वडा, एक दलित महिला सदस्य अनिवार्य गरेको छ ।

Back to top button