धनकुटामा भेटियो एक हजारको नक्कली नोट

धनकुटा । धनकुटामा एक हजारको नक्कली नोट फेला परेको छ । धनकुटा नगरपालिका– ७ स्थित परिचय मोडमा रहेको ग्लो एण्ड गो कस्मेटिक पसलमा एक हजार दरको १ थान नक्कली नोट हिजो फेला परेको हो ।

पसल सञ्चालक युवक तिम्सिनाले नक्कली नोट फेला परेको प्रहरीमा खबर गरेपछि पुगेको प्रहरी टोलीले ६५-८००९८७ नम्बरको नक्कली नोट बरामद गरिएको छ ।

धनकुटा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नक्कली नोटको विषयमा आवश्यक अनुसन्धान हुने बताउनुभएको छ । उहाँले नक्कली नोट कहाँबाट आयो भन्ने सूक्ष्म अध्ययन र छानबिन हुने बताउनुभयो ।

नक्कली नोटको कागज पातलो, वाटरमार्क नभएको तथा हात्तिको चित्र उल्टो भएको पाइएको छ । धनकुटामा यसअघि पनि नक्कली नोट भेटिएको थियो । निर्वाचनका मुखमा नक्कली नोट फेला परेपछि स्थानीय चिन्तित बनेका छन् ।

Back to top button