श्रमिक मजदुरहरूले हक–अधिकारको सार्थक प्रयोग गर्न सकून्ः मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपाली श्रमिक तथा मजदुरहरुले आफ्नो हक–अधिकारको पूर्ण जीवनापयोगी र सार्थक प्रयोग गर्न सकुन भन्ने शुभकामना ब्यक्त गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपालको प्रजातान्त्रिक संघर्षको इतिहासमा पनि मजदुर आन्दोलनको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभएको छ ।

२००७ सालमा प्रदेश नं. १ को औद्योगिक नगरी विराटनगरबाट नै श्रमिक मजदुरहरूले प्रजातन्त्रको बिगुल फुकेको स्मरण गर्दै उहाँले श्रमिक मजदुरहरूले आफ्नो हक–अधिकारको सार्थक प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

Back to top button