घटयो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो दिनको कारोबार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार तोकिएको छ।

अघिल्लो दिन प्रतितोला ९९ हजार २०० मा कारोबार भएको सुनको कारोबार आज प्रतितोला २०० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० तोकिएको छ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ७०० थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार ३०० मा आएको महासंघले जनाएको छ।

Back to top button